धादिङ, ८ जेठ २०८१ । आफ्नै भतिजले खुकुरी प्रहार गरि घाईते हुन पुगेका धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालको उपचारका क्रममा मृत्यु भएको छ ।
गएको बैशाख २५ गते निगालपानीस्थित चिप्लिेटीका ८८ वर्षीय बृद्ध लम्सालमाथी आफ्नै दाईको छोरा (भतिज) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेर घाईते वनाएका थिए ।
खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि सोही दिन हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । घाईते बृद्धको उपचारकै क्रममा बिहीबार निधन भएको हो ।
खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको बृद्धले नै काजक्रिया गरेका थिए ।
हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल समेत गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेका थिए । बृद्धको अनुहार र टाउको गम्भीर चोट लागेको थियो ।
बाबुकाजीलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान हिरासतमा राखी अनुसन्धान शुरु गरेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
