काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।अर्थमन्त्री पौडेलले उडान चाप काम भएका आन्तरिक विमानस्थलको वैकल्पिक परियोजना बनाउने बताएका छन् ।त्यस्तै उनले निजी क्षेत्रको साझेदारीमा यस्ता विमानस्थललाई हवाई उड्डयन सम्बन्धी तालिम तथा प्याराग्लाइडिङ, स्काइड्राइभिङ जस्ता साहसिक पर्यटनमा प्रयाग गरिने जनाएका हुन् ।





