काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा नेपाली नागरिकलाई विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले बजेट भाषण गर्दै भने- ‘नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा प्रदान गरेबापत स्वेट सेयर लिन पाउने व्यवस्था गरिनेछ ।’
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
