काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक संरचना निर्माण सम्पन्न भए पनि व्यावसायिक सञ्चालनका लागि निजी सेवा प्रदायक कम्पनी चयन प्रक्रिया पूरा नभएपछि सुरुङमार्ग सञ्चालनमा ढिलाइ भएको छ।
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार अन्तर्राष्ट्रिय बोलपत्र बुझाउने अन्तिम म्याद पुस ३० गते तोकिएको छ। मूल्यांकन र कम्पनी चयन प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सुरुङमार्ग सञ्चालन २०८३ सालको वैशाख नजिक मात्र सम्भव हुने देखिएको छ।
हाल भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ भने पहिरो रोकथामका संरचना र धादिङतर्फ टोल प्लाजा निर्माणको काम जारी छ।
सुरुङमार्गमा सवारीसाधन शुल्क पनि तोकिसकिएको छ। कार/भ्यान:प्रवेश ६५, बाहिरिँदा ६०; मिनीबस/ट्रक/ट्रिपर: प्रवेश ११५, बाहिरिँदा ८०; बस/ट्रक: प्रवेश २६०, बाहिरिँदा २००; ठूला ट्रक/हेभी सवारी: प्रवेश ६००, बाहिरिँदा २५० रुपैयाँ।
मुख्य सुरुङ २.६८८ किलोमिटर, र रेस्क्यु सुरुङ २.५५७ किलोमिटर लामो छ। निर्माण लागत अनुमानित १६ अर्ब रुपैयाँभन्दा बढेर करिब २१ अर्ब पुगेको छ, जसका लागि जापान सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




