एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको राजनीतिक वातावरणमा धेरै तापक्रम आवश्यक नरहेको बताउनुभएको छ ।
आउँदो चुनावमा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानेको घटनापछि वाइडेनले नागरिक सम्बोधन गर्दै अमेरिकी राजनीतिक वातावरणमा उछाल ल्याउन नहुने बताउनुभएको हो ।
ह्याइटहाउसको ओभलबाट मन्तव्य दिँदै बाइडेनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताउनुभयो ।
अमेरिकाको राजनीति शान्तिपूर्ण हुनुपर्ने उहाँको भनाइ छ । उहाँले अमेरिकामा प्रजातन्त्र कागजमा र भनिने कुरामा मात्र सीमित नगरेर व्यवहारमा लागू गर्नुपर्ने विषय भएकोमा जोड दिनुभयो ।
हिजो ट्रम्पलाई गोली हान्ने २० वर्षीय थोमस क्रक्सको सुरक्षाकर्मीको गोलीबाट ज्यान गइसकेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।