काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्य बढाएको हो ।
भारतीय आयल कर्पोरेशनबाट खरिद मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेल तथा मट्टितेलको १६० रुपैयाँ कायम भएको छ ।





