काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश वडाल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वडाललाई बुधबार महान्यायाधीवक्ता नियुक्त गर्नुभएको हो ।
यसअघिका महान्यायाधिवक्ता दिनमणि पोखरेलले सरकार परिवर्तनसंगै गत आइतबार राजीनामा दिएपछि उक्त पद खाली थियो । ओलीको अघिल्लो कार्यकालमा पनि वडाल नै महान्यायाधीवक्ता हुनुहुन्थ्यो ।
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकारको रुपमा लिने गरिन्छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।