एजेन्सी । ओमानको मस्जिद नजिक भएको गोलीबारीमा ६ जनाको मृत्यु भएको छ । राजधानी मस्कटको अल–वादी–अल कबीर क्षेत्रमा रहेको शिया मुश्लिम समुदायको इमाम अली मस्जिदमा आक्रमण भएको हो ।
मस्जिदमा प्रवेश गरेका बन्दुकधारीको समुहले अन्धाधुन्ध गोली प्रहार गर्दा एक प्रहरी सहित ६ जनाको मृत्यु भएको हो ।
घटनामा २८ जना घाइते भएका छन् । आत्रमणकारी मध्ये ३ जना प्रहरी कारबाहीमा मारिएका छन् । मृत्यु हुनेमा ४ जना पाकिस्तानी रहेका छन भने एक जना भारतीय छन् । घटनाको जिम्मेवारी सुन्नी मुस्लिम जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।
आईएसले सीया समुदायलाई लक्षित गरेर इराक, अफगानिस्तान र पाकिस्तान जस्ता देशहरूमा बारम्बार आक्रमण गरिरहेको छ । घाइतेहरुको अवस्था गम्भीर छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
