एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति जो बाइडेनमाथि उम्मेदवारी छोड्न दबाब बढ्दै गएको छ ।
बाइडेनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनकै पार्टीका नेता कार्यकर्तादेखि ठूला चन्दादाताहरुले समेत बाइडेनलाई चुनावी दौडबाट पछि हट्न दबाब दिइरहेका छन् ।
यस्तै आज रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको सम्मेलनको अन्तिम दिन आज ट्रम्पलाई आधिकारिक रुपमा उम्मेदवार घोषणा गर्न लागिएको हो ।
यो सम्मेलनलाई ट्रम्पले पनि सम्वोधन गर्दै हुनुहुन्छ । पेन्सीलभेनियामा चुनावी सभाकै क्रममा भएको गोलीकाण्ड पछि ट्रम्प आज पहिलो पटक भाषण गर्न लाग्नु भएको हो ।
उता डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति जो बाइडेनमाथि उम्मेदवारी छोड्न दबाब बढ्दै गएको छ । उनकै पार्टीका नेता कार्यकर्तादेखि ठूला चन्दादाताहरुले समेत बाइडेनलाई चुनावी दौडबाट पछि हट्न दबाब दिइरहेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।