काठमाडौं । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको दाम्बुला मैदानमा हुनेछ ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।