काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई लगातार धम्की आएपछि सुरक्षाका लागि सार्वजनिक रुपमा अपिल गरेको बताउनुभएको छ । यो अपिल सरकारसँग नभई जनतासँग गरिएको उहाँको भनाइ छ ।
आज बिहान मन्त्री भट्टराईले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै त्रिभुवन विश्वविद्यालयमा असुरक्षा बढेकाले सुरक्षा प्रबन्ध गर्न माग गर्नुभएको हो । यस्तै मन्त्री भट्टराईले अहिले मात्र नभइ लामो समयदेखि त्रिविमा असुरक्षा रहेको बताउनुभयो ।
त्रिविमा पछिल्लो समयदेखि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद छ । विभागले कार्यविधि अनुसार बरिष्ठताको आधारमा सिफारिस गरेको नामावलीलाई मानविकी तथा सामाजिक शास्त्र डीन कार्यालयले उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सहप्राध्यापक टिका गौतमलाई सिफारिस गरेपछि विवाद भएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।