एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स कोभिड–१९ को नयाँ भेरियन्ट नभएको बताएको छ ।
मङ्कीपक्सको प्रकोपलाई नियन्त्रण गर्न सकिने भन्दै डब्ल्यूएचओका युरोपेली निर्देशक हान्स क्लुगेले यो कोभिड भाइरसको नयाँ रुप नभएको बताएका छन् ।
उनले युरोपेली क्षेत्रमा यसको सङ्क्रमणलाई पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । डब्ल्यूएचओले युरोपेली क्षेत्रमा लकडाउन गर्ने कुरा हल्ला मात्र भएको र सत्य नभएको पनि स्पष्ट पारेको छ ।
व्यक्तिबीच छालाको सम्पर्क मङ्कीपक्स सङ्क्रमण फैलिने मुख्य कारक रहेको भन्दै डब्ल्यूएचओले मास्क प्रयोग गरेर मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने बताएको छ ।
अहिलेको अवस्थामा विश्वव्यापी रुपमा भन्दा पनि सबैभन्दा उच्च जोखिममा रहेका समूहलाई खोप प्रयोग गर्न सिफारिस गरिएको डब्ल्यूएचओको भनाइ छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।