चितवन – चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुई जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ को १७ किलोमा काठमाण्डौबाट नारायणगढतर्फ गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा नवलपुरको देवचुली नगरपालिका–१३ की ३० वर्षीया कल्पना परियार र उहाँकी आठ वर्षीया छोरी कञ्चन घाइते भएका हुन् । दुवै जना त्यही माइक्रोबसका यात्रु हुन् ।
घाइते दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।