काठमाण्डाै – काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका–२ काे नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी गाडी आवागमन खुलाइएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार अहिले बेलुकी ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाण्डाै आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका गाडीलाई भित्र्याउन शुरू भएको छ । गाडीको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने प्रहरीद्ये जनाएकाे छ ।
पानी परिरहँदा पहिरो पन्छाउने र खस्ने क्रम चलिरहेकाले आज बिहान साढे १० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण नागढुङ्गा–नौबिसे खण्ड प्रभावित भएको थियो ।
प्रहरी वृत्त थानकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताउनुभयो । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
नागढुङ्गा चोकबाट केही सय मिटर पर नाग मन्दिर नजिकै पहिरो खसेको हो । नागढुङ्गा प्रहरीले काठमाण्डाैबाट जाने गाडी नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने गाडी ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाण्डाै छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।