काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो एक बजे ललितपुर सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुरु हुने एन्फाले जनाएको छ । यसअघि तय भएको तालिका अनुसार यो खेल दिउँसो तीन बजे दशरथ रङ्गशालामा हुने उल्लेख थियो ।
आर्मीले आफ्नो पहिलो खेलमा बुधवार सङ्कटा क्लबलाई ४ गोलले हराउँदै विजयी सुरुवात गरेकोमा एपीएफले मङ्गलवार पुलिससँग भएको खेलमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । यसअघि हिजो भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ गोलले हरायो ।
हिजो भएको पहिलो खेलमा सङ्कटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेले । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको लिगमा तीन विभागीय टोली, ए, बी र सी डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागी छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।