काठमाण्डौ । एन्फा महिला लिग फुटबलअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोलले हराएको हो । एपीएफको लागि सविता रानामगर र गीता रानाले एकरएक गोल गरे ।





