काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्री पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताउनुभएको छ ।
संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धि नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उहाँको भनाई थियो ।
मंगलबार नेपाल पर्वतारोहण संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको जिकिर गर्नुभयो । उहाँले आगामी दिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानूनी राज्यलाई स्थापित गराउने गरी कानून निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाउनुभयो ।
मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानून निर्माणको कामलाई अघि बढाएको पनि दोहो¥याउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।