काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सङ्कटा क्लबलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले सङ्कटालाई ३–० गोलले हराएको हो
प्रतियोगितामा एपीएफको यो पाँचौं जीत हो । एपीएफ ६ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । सङ्कटा ६ खेलमा पाँच अङ्कसहित सातौं स्थानमा छन् ।





