काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाल गायनमा सक्रिय छिन्। ‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ आदि हिट गीत दिएकी गायिका दाहालले शुक्रबार नयाँ गीत ‘ज्यानमाया’ बजारमा ल्याएकी छिन्।
नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन्। गीतको भिडियोभित्र प्रियंका कार्की र कविता नेपाली हिरोइनको भूमिकामा छन्। गायक तथा कलाकार सरोज वली भने सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् । प्रियंका–सरोजले यसअघि ‘ए केटा मादलु पड्का’मा सँगै अभिनय गरेका थिए।
प्रियंकासँगको सहकार्य दर्शकले रुचाएपछि नयाँ शैलीमा भिडियो निर्माण गरेको कलाकार वलीले बताए। भव्य सेट लगाएर निर्माण गरिएको यो भिडियो हेर्दा दर्शकलाई दक्षिण भारतीय फिल्मको झल्को दिन सक्छ।
श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो छायांकन र सम्पादन पवन सुस्लिङ गरेका छन्। भिडियो निर्देशन भने पछिल्लो समयका व्व्यस्त निर्देशक गम्भिर विष्टले गरेका छन्।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट





