काठमाडौँ । छैटौँ ‘सगरमाथा म्युजिक अवार्ड २०८१’को थाइल्यान्डमा बाँडिएको छ । नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्यान्डको बैंकक सहरमा अवार्ड वितरण गरिएको हो ।
कार्यक्रममा विभिन्न विधामा कलाकार, पत्रकार तथा समाजसेवीहरूलाई सम्मान र अवार्ड समेत प्रदान गरिएको थियो । आरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत र एनआरएनए थाइल्यान्डका सल्लाहकार डेभिड खनाल र नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्र अतिथि रहेको कार्यक्रममा १३ जनालाई अवार्ड र पाँच जनालाई सम्मान प्रदान गरियो ।
कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतका अनुसार सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड फुलको माला गीतबाट उद्धव कार्कीले तथा सोही विधाको जुरी अवार्ड भाग्यमा बिछोड गीतबाट राजु सापकोटालाई प्रदान गरियो ।
पप आधुनिक गायकको अवार्ड जुनमायाको पूजा गरे गीतमा नारायण थापा, सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड सोल्टिनीको रेशमी केश गीतमा तृष्णा घर्तीमगर, यसै विधामा जुरी अवार्ड मुस्कानै मिठो गीतबाट सीमा थापा, लोक पप गायिकाको अवार्ड चुम्पा चपक्कै गीतबाट सुमी पराजुली, लोकपप गायकको अवार्ड उमेर सत्र भयो गीतबाट राजेश बर्देवा, पप आधुनिक युगल गायनको अवार्ड मलाई मन परेको मान्छेबाट दीपक चौंलागाईले प्राप्त गरे ।
त्यस्तै नवप्रतिभा गायनमा मलाई तिमी हौ गीतबाट रोम श्रेष्ठले अवार्ड पाएका छन् । आधुनिक महिला मोडलको अवार्ड माया गरेउ गीतबाट प्रतिक्षा काफ्ले, पप महिला मोडलको अवार्ड कसम होला गीतबाट दिया जिसी, नव मोडल महिलामा कास्कीको फेवातालबाट मुना भुर्तेल, नव मोडल पुरुषमा जिन्दगानी छोटो छ गीतबाट प्रताप मर्दन बस्न्यातले अवार्ड जितेका छन् ।
कार्यक्रममा सगरमाथा कला सम्मानबाट कलाकार सविना आचार्य, सोनिया राई र गायक विकी सिन्चौरी सम्मानित भए । सिन्चौरी थाई नागरिक भए पनि नेपाली गीत गाएर चर्चामा आएका थिए । त्यस्तै सगरमाथा आर्थिक पत्रकारिता अवार्ड अर्थ सरोकार डटकमका पत्रकार सरोज प्याकुरेललाई प्रदान गरियो । सगरमाथा आर्थिक पत्रकारिता सम्मानबाट सुदर्शन श्रेष्ठ र सगरमाथा सम्मानबाट हेमेन्द्र घर्तीमगर सम्मानित भए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले नेपाली कला र संस्कृतिलाई विश्वमा फैलाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण योगदान गर्ने बताए ।
महालक्ष्मी विकास बैङ्क र ज्योति विकास बैङ्कले प्रायोजन गरेको छैटौँ सगरमाथा म्युजिक अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, सगरमाथा रजतकला पत्रकारिता सम्मानबाट रमण घिमिरे सम्मानित हुने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।
अवार्ड प्रदान गर्न बाँकी रहेका राष्ट्रिय, चलचित्र, पप–आधुनिक र लोकदोहोरी लगायत अन्य विधाका विजेताहरूलाई काठमाडौँमा विशेष कार्यक्रम गरी प्रदान गरिने आयोजकले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट
- खबर साइट






