नेपालका केही सामाजिक अभियन्ताहरुले नेपाली कामदारलाई युद्धग्रस्त मुलुक इजरायलमा नपठाउनको लागि माग गरेका छन । अभियन्ताहरूले युद्धरत इजरायलमा रोजगारीका लागि नेपाली नागरिकलाई पठाउदा भविष्यमा अप्ठेरो पर्ने तर्क गर्दै सो प्रक्रिया अगाडी नबढाउन आग्रह गरेका छन् ।
श्रम तथा रोजगार मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएको थियो ।
अभियन्ताहरूले सरकारको उक्त निर्णय तत्काल रद्द गर्न माग गरेका हुन् । अभियन्ताहरूले वक्तव्यमा भनिएको छ, ‘सम्बद्ध मन्त्रालय नेपाल सरकारलाई नेपाली नागरिकहरूको बाँच्न पाउने मौलिक हकबाट उनीहरूलाई वञ्चित नगर्न र मानव अधिकारको न्यूनतम प्रतिवद्धता पालना गर्न हाम्रो अनुरोध छ ।’
वक्तव्यमा सरकारलाई ‘नेपाली श्रमिकको बाँच्न पाउने मौलिक हकको सवालसँगै उनीहरूलाई इजरायलमा पठाउनु भनेको इजरायलले गरेको नरसंहारमा नेपालको सहयोग/समर्थन रहेको हो ?’ भनेर प्रश्नसमेत गरिएको छ ।
२०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका थिए । एकजना अझै बेपत्ता छन् ।
विभिन्न संघसंस्था तथा सामाजिक अभियन्ताद्वारा जारी विज्ञप्ति
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।