नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको साइन्स फिक्शन फिल्म कल्की २८९८ एडी आज हलमा रिलिज भएकाे छ । प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसनको शीर्ष भूमिका रहेको यो फिल्मबाट दर्शकहरूले निकै आशा गरेका छन् । फिल्मको एडभान्स बुकिङ जारी छ ।

स्याकनिल्कका अनुसार निर्देशक नाग अश्विनको यस फिल्मले एडभान्स बुकिङमा ५५ करोड ५ लाख भारु भन्दा बढी कमाइसकेको छ ।

फिल्म तेलुगु, तमिल, कन्नड, मलयालम र हिन्दी भाषामा २डी र ३डीमा रिलिज हुँदै छ । तेलुगुमा फिल्मले टुडीमा ८ लाख ७२ हजार र थ्रीडीमा ५ लाख ५४ हजार टिकट बिक्री गरेको छ । ब्लक सिट बिना फिल्मले ४८ करोड २७ लाख भारु कमाएको छ । ब्लक सिटको साथमा भने फिल्मले भारतमा ५५ करोड ५ लाख भारुको व्यापार गरेको छ । एडभान्स बुकिङमा फिल्मले तेलंगानामा १९ करोड ५४ लाख भारु र आन्ध्र प्रदेशमा १३ करोड ४८ लाख भारु रुपैयाँ कमाएको छ ।

फिल्म रिलिजको एक दिन अगाडि बुधबार फिल्मको टिमले कमलको सुप्रीम यास्किनको नयाँ पोस्टर सार्वजनिक गरेको थियो । फिल्ममा आफू खराब विचार भएको ऋषि जस्तै भएको हसनले फिल्म प्रि–रिलिज इभेन्टमा भनेका थिए ।

येवदे सुब्रमण्यम र महानतीपछि नागको तेस्रो फिल्म हो कल्की २८९८ एडी । प्रभास फिल्ममा भैरव नामक बाउन्टी हन्टरको भूमिकामा छन् । अमिताभले कल्कि अवतारको रक्षा गर्न खोज्ने अश्वत्थामाको भूमिका निभाएका छन् । दीपिका सुमतीको भूमिकामा छिन् । खलनायक सुप्रीम यास्किनको भूमिकामा कमल हसन देखिनेछन् ।

Share.
Leave A Reply
Exit mobile version