आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस आज नेपाल भरि राष्ट्रिय धान दिवस मनाइँदै छ। यतिबेला किसानहरू खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात् धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन् ।
देशका अधिकांश फाँटमा किसानहरूलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याई नभ्याई छ । ललितपुरको खोकनामा पनि आज धान दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
काठमाडौँ । पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहबिच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगिताको आवेदन खुला गरिएको छ ।
तिनै तहका सरकारहरूसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MOALD), र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लगायतसँग साझेदारी भएको छ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होस्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ । निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।
‘र’ एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ । यस कार्यक्रम कृषि उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्य अनुरूप प्रस्तुत गरिएको छ।
कृषक र कृषि प्राविधिक यस शो मा प्रतियोगी रहने छन् जसमा दिगो र नवीन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलको परीक्षण गरिने छ । कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रूपमा प्रस्तुत गर्ने हो ।
‘समृद्धि को लागी नयाँ दृष्टि’ को नाराको साथ, कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य शृङ्खलामा आबद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।