काठमाडौं। साहित्यकार रत्न कुमार इङ्नामको कृती’श्री गुरु भुवानन्द ब्रम्हचारी’ को एक भब्य कार्यक्रमको साथ पूर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा लगायतले सामुहिक रुपमा लोकार्पण गरेका छन्। साहित्यकार रत्न कुमार इङ्नामको यो तेस्रो पुस्तक हो ।

कार्यक्रम संयोजक तथा चलचित्र निर्देशक उदय सुब्बाले स्वागत भाषण गरेकाे उक्त कार्यक्रमको प्रमुख अतिथि मदन पुरस्कार बिजेता भगिराज इङनाम थिए भने विशेष अतिथि ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा युवा नेता रमेश लिङदेन रहेका थिए। त्यस्तै अन्य अतिथिहरुमा प्रज्ञा परिषद सदस्य चेतन सापकोटा इन्द्र बहादुर चोङबाङ चलचित्र निर्माता संघको सचिव किसान पोखरेल मिक्तोक इङनाम लगायत रहेका थिए।

‘श्री गुरु भुवानन्द ब्रम्हचारी’ पुस्तकको बारेमा बोल्दै अतिथिहरुले गुरु भुवानन्द ब्रम्हचारीको समाज र समुदायको उन्नतिको निम्ति उनले गरेको त्याग ज्ञान प्राप्तिको लागि गुरु भुवानन्द ब्रम्हचारी सिक्किम र भुटान लगायत बिभिन्न स्थानमा भ्रमण गर्नुको साथै सबैलाई चेतना र सन्देश दिएको बताएका थिए।  साथै धर्मले जहिले पनि समाज लाइ सकारात्मक दिशा तर्फ लैजाने बारेमा आआफ्नो धारणा राखेका थिए।

लेखकले अन्त्यमा आफ्नो भनाइ राख्ने क्रममा पुस्तक लेखनको समयमा भएको अनुभव’श्री गुरु भुवानन्द ब्रम्हचारी’ को महिमा र उनको योगदानको चर्चाको गर्दै समय सापेक्ष केहि कबिताहरु पनि सुनाएका थिए। लेखकले अब चाडै अर्को पुस्तक पाठक माझ लिएर आउने जानकारी पनि दिएका थिए । कार्यक्रमको अध्यक्षता लेखक स्वयम्ले नै गरेका थिए।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.
Leave A Reply
Exit mobile version