काठमाडौँ- बेलायतको राजधानी लण्डनमा ‘यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ हुने भएको छ।

आगामी भदौ १५ गते अर्थात् अगष्ट ३१ म यति नेपाली एसोसिएसन, यूकेको आयोजना तथा संगिक्षा फिल्म्स इन्टरटेन्मेन्टको व्यवस्थापनमा अवार्ड हुन लागेको हो।

सन् २०२३, अप्रिल १४ देखि २०२४ को जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरूमध्ये उत्कृष्ट तीन छनोट गरिने आयोजक संस्थाले जनाएको छ।

अवार्डको जुरी संयोजकमा अभिनेता सुनिल थापा छन् भने सदस्यहरुमा अभिनेत्री गौरी मल्ल तथा निर्देशक उज्ज्वल घिमिरे छन्।

नेपाली फिल्मको श्रीवृद्धि तथा अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले लण्डनमा अवार्ड गर्न लागिएको जनाइएको छ।

संस्थाका अध्यक्ष पिप्ला देवन थापाले मर्यादित अवार्ड समारोह आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अवार्डका लागि युके कमिटीमा अध्यक्ष थापासहित पूर्वअध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त र पाल्देन लामा छन् ।

नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रकाश कुवँर कोषाध्यक्ष र मनीष कार्की संयोजकका रुपमा छन् ।

उक्त पत्रकार सम्मेलनमा सहभागि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अवार्डले घरेलु फिल्मको प्रवर्धनमा भूमिका खेल्ने विश्वास राखे ।

Share.
Leave A Reply
Exit mobile version