मानिसको कपाल व्यक्तित्वको महत्वपूर्ण अंश हो, यसको क्षयले उसको व्यक्तित्व र सौन्दर्यमा नकारात्मक असर पुर्याउछ । हुन त कापाल झर्नुका कारणहरुमा मुख्यत हार्मोनमा हुने गडबडी र वंशानुगत गुणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यद्यपि यसबाहेक वाह्य वातावरण चिन्ता र नैराश्यताको भूमिका पनि उस्तै हुन्छ । प्रायः हामी धुलो धुवाँको कारण कपाल झरेको भन्ने सोचिरहेका हुन्छौँ तर हाम्रो कपाल झर्नुमा धुलो धुवाँमात्र होइन, हामीले खाने खानामा पनि भर पर्छ ।

हाम्रो शरीरलाई पौष्टिक आहारा चाहिएजस्तै हाम्रो कपाललाई पनि पौष्टिक आहारा चाहिन्छ । निम्न पौष्टिक आहाराको सेवनले हामीले हाम्रो कपाल झर्ने समस्या रोक्न सक्छौँ ।

यस्ता पाँच खानाहरु आफ्नो खानामा सधैं एउटा न एउटा सामेल गर्ने गर्नुहोस् । यसले तपार्इंको कपाल झर्न रोक्ने मात्र होइन। कपाललाई लामो, सिल्की तथा मुलायम पनि बनाउँछ ।

अण्डा : बायोटिन तथा भिटामिनबाट भरपुर हुन्छ अण्डा । यसले कपाललाई बढाउन मद्दत गर्छ । अण्डा नखानेहरुले यसलाई तेलसँग मिसाएर कपालमा लगाउँदा पनि कपाल राम्रो हुन्छ ।

पालुङ्गो : आइरनको मात्रा भएको पालुङ्गोले हाम्रो कपाललाई बाक्लो र बढाउन मद्दत गर्छ । खानामा पालुङ्गोलाई सलादको रुपमा पनि खान सकिन्छ ।

भेँडे खुर्सानी : रातो, हरियो तथा पहेंलो रङ्गमा पाइने यो खुर्सानी भिटामिन सीले भरपुर हुन्छ । भिटामिन कपालको स्वास्थका लागी अति आवश्यक हुन्छ । भिटामीन सीको कारण पनि कहिलेकाहीँ हाम्रो कपाल टुक्रने वा झर्ने हुन्छ ।

मुसुरोको दाल :
तोफु, भटमास, स्टार्चयुक्त दाना तथा मटरकोसा शाकाहारी मान्छेहरुका लागि एकदम राम्रो प्रोटिनको माध्यम हो । यो सबै कपालको विकासका लागि आवश्यक पर्छ । साथै मुसुरोको दालले पनि हाम्रो कपाल बढाउन मद्दत गर्छ ।

Share.
Leave A Reply
Exit mobile version