काठमाडौँ । आगामी असोज ३ गतेदेखि रिलिज हुने फिल्म हो ‘खुस्मा’ । फिल्मले २ पोस्टर सार्वजनिक गर्दै प्रचार समेत सुरु गरेको छ ।

सार्वजनिक दुई मध्य एक पोष्टरमा पोष्टरमा फिल्मका मुख्य कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देख्न सकिन्छ, भने दोस्रोमा दुबैलाई चिन्तित मुद्रामा देख्न सकिन्छ ।

अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको फिल्म मगर समुदायको पृष्ठभूमिमा प्रेमकथामा बनेको हो । डकुमेन्ट्री फिल्म निर्देशन गरेर थुप्रै अवार्ड जितिसकेका थापाको ठुलो पर्दाको यो डेब्यु फिल्म हो ।

सिनेमा एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।

फिलमका निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

दिपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रहेको फिल्म नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हँुदैछ ।

Share.
Leave A Reply
Exit mobile version